ओली पक्राउको बिरोधमा थप कार्यक्रम तय गर्न एमाले सचिवालयको बैठक जारी

ओली पक्राउको बिरोधमा थप कार्यक्रम तय गर्न एमाले सचिवालयको बैठक जारी

  • मङ्लबार, चैत्र १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

चैत्र १७ काठमाण्डौँ । एमाले सचिवालयको बैठक जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति, संसद्मा एमालेको भूमिका र समसामयिक विषयमा छलफल भईरहेको छ ।

यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार संसद् बैठक आह्वान गरेको छ। यसैबीच एमालेले संसदीय दलको नेता, प्रमुख सचेतकलगायत छनोट गर्न पनि बाँकी रहेको छ।
सिंहदरबारमा शुक्रबार बसेको प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरू कार्यान्वयन गर्ने भन्दै गत शनिबार पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्।

जेनजी आन्दोलनको छानबिन बन्न बनेको आयोग र आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै विगतदेखि नै प्रश्न उठिरहेको भन्दै एमालेले अस्वीकार गर्दै आएको छ। एमालेले यस अगाडिको सचिवालय बैठकमा आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही,प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतको बहालवाला न्यायाधीशको अध्यक्षतामा हुनुपर्ने माग गरेको थियो।
ओली पक्राउ पछि एमालेले सडकमा विरोध कार्यक्रम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ