प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

  • सोमवार, चैत्र १६, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १६ चैत : प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गर्नुभएको छ । उहाँले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राससलाई जानकारी दिनुभयो । “प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो । तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उहाँले भन्नुभयो ।

प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिनुभयो । सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ (ज) संशोधन गर्नुपर्नेबारेमा ध्यानाकर्षण गराएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ