काठमाडौँ, १६ चैतः लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति ११ बजे काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो। उनी नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद हुन्।
सांसद रेखा शर्मामाथि बालश्रम शोषण र बालबालिका विरुद्धको कसुर गरेको आरोप लागेको छ। उनले एक नाबालिकालाई आफ्नो घरमा घरेलु कामदारका रूपमा राखेर श्रम शोषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले मुद्दा अघि बढाएको थियो।
२०८१ जेठमा काठमाडौँ महानगरपालिकाले उनको घरबाट एक १४ वर्षीया बालिकालाई उद्धार गरेको थियो। ती बालिकाले आफूलाई घरको सबै काम गर्न लगाइएको र श्रम शोषण भएको बयान दिएकी थिइन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline