देउवा, ओली र प्रचण्डमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुँदै

देउवा, ओली र प्रचण्डमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान हुँदै

  • आइतवार, चैत्र १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

काठमाडौँ । तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री तथा तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान शुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति र आम्दानीको स्रोतलगायत विषयमा अनुसन्धान अघि बढाएको बताईएको छ ।

यस्तै, पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि सँगसँगै अनुसन्धान अघि बढाइएको छ।
यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा उनलाई पक्राउ गरेको हो।
विभागले प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएका तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको छ। सोही पत्रका आधारमा सीआईबीले खड्कालाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको छ ।

२४ भदौमा भएको आगजनीका क्रममा पूर्वप्रधानमन्त्री देउवा र दाहाल तथा खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए।
दउवा निवासलाई भत्काउन थालिए पनि प्रमाण नष्ट हुन सक्ने भन्दै भत्काउन समेत रोक लगाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ