काँग्रेसका पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो।
कांग्रेस नेतासमेत रहेका खड्कालाई आइतबार बिहान बुढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको हो।
स्काउटको जग्गाबारे अनुसन्धानका लागि खड्कालाई पक्राउ गरिएको बताईएको छ । यसबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।
शनिबार मात्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline