एमालेकाे सचिवालय बैठक सकियाे, ३ नेतालाई ३ कामकाे जिम्मा

एमालेकाे सचिवालय बैठक सकियाे, ३ नेतालाई ३ कामकाे जिम्मा

  • शनिबार, चैत्र १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

१४ चैत, काठमाडाैं । पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ‘लापरवाही’ र ‘हेलचेक्र्याईँपूर्वक’ ज्यान मारेकाे आराेपमा शनिबार बिहान भक्तपुरकाे गुण्डुस्थित बासस्थानबाटै प्रहरीले पक्रा गरेपछि बसेकाे नेकपा (एमाले)काे केन्द्रीय सचिवालयकाे बैठक सकिएकाे छ ।

पार्टी उपाध्यक्ष रामबहादुर थापाकाे अध्यक्षतामा बसेकाे उक्त बैठकले पक्राउविरूद्ध राजनैतिक र कानुनी उपचार खाेजिने र विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे जानकारी बैठकपछि ललितपुरकाे च्यासलस्थित केन्द्रीय कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा महासचिव शंकर पाेखरेलले दिए ।

बैठकले सत्तारूढइतरका दलहरूसँग पक्राउबारे साझा धारणा बनाउने प्रयाेजनका लागि संवाद गर्न नेताहरू खटाउने निर्णय गरिएकाे उनले बताए । जसअनुरूप  संसदीय दलहरूसँगको संवादको संयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ भने कानुनी उपचारको संयोजन गर्ने  जिम्मेवारी उपाध्यक्ष गोकर्ण विष्टले दिइएकाे छ ।

त्यस्तै, संसदमा रहेका दलहरुसँग संवाद गर्ने जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई दिइएकाे छ । विराेध कार्यक्रमकाे समायाेजन भने पाेखरेलले गर्ने र त्यसमा सचिव महेश बस्नेतले गर्ने भएका छन् । यद्यपि उनकाे जिम्मेवारीबारे भने सार्वजनिक गरिएकाे छैन उता नेपाली कांग्रेस पनि छलफलमा जुटेकाे छ । पूर्वगृह मन्त्रीसमेत रहेका पार्टीका नेता रमेश लेखकलाई पनि प्रहरीले आजै बिहान निवासबाट पक्राउ गरि हिरासतमा लिएकाे छ । यसबारे कांग्रेसका नेताहरू छलफलमा जुटेका हुन् । केहिबेरमा धारणा सार्वजनिक गरिँदैछ ।

गत भदाै २३ र २४ गते भ्रष्टचारीलाई कारवाहीकाे माग गरेर देशभर भएकाे जेनजीहरूकाे आन्दाेलनमा तत्कालिन सरकारका प्रधानमन्त्री ओली र गृहमन्त्रीले ‘लापरवाही’ र ‘हेलचेक्र्याईँपूर्वक’ बल प्रयाेग तथा दमन गरेर ज्यान मारेकाे निस्कर्ष निकाल्दै जाँचबुझ आयाेगले फाैजदारी कसुरमा अनुसनणधान तथा कारवाही गर्न सिफारिस गरेकाे छ । साेही प्रतिवेदन बमाेजिम कारवाही प्रक्रिया अगाडि बढाउन पक्राउ गरिएकाे गृहमन्त्री सुधन गुरूङकाे भनाई छ ।

दमनबारे जाँचबुझ गरेर प्रतिवेदन तयार पार्न निवर्तमान सरकारका प्रधानमन्त्री सुशिला कार्कीले पूर्वन्यायाधीश गाैरीकहादुर कार्कीकाे अध्यक्षतामा पूर्वप्रहरी अधिकारी विज्ञानराज शर्मा र वरिष्ठ अधिवक्ता राजेश भण्डारी सदस्य रहेकाे आयाेग गरेकामा आयाेगले यसै हप्तामात्र सरकारलाई प्रतिवेदन बुझाएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ