काठमाडौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको घटनाबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा ओलीको गिरफ्तारी लगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्षको गिरफ्तारीविरुद्ध एमाले विरोधमा उत्रिने तयारीमा छ । कार्यकर्ताहरुले काठमाडौंमा विरोध प्रदर्शन सुरु गरिसकेका छन् ।
चाबहिल लगायतका क्षेत्रमा कार्यकर्ताहरु बिरोध प्रदर्शनमा उत्रिएका छन् ।
एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुसँग पनि बैठक बस्ने र ती बैठकले विरोधका कार्यक्रम र स्वरुप तय गर्ने जानकारी दिए ।
एमालेले ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण भनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline