१४ चैत, काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री ओली र र नेपाली कांग्रेस नेता एवं लाई पनि पक्राउ गर्न पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान पक्राउ गरेकाे छ ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टाेलीले पक्राउ गरेकाे । लेखकलाई उनकै घर भक्तपुरकाे कटुञ्जेबाट पक्राउ गरेकाे हाे । भक्तपुरकै गुण्डुमा रहेका ओलीलाई काठमाडाैं ल्याउने तयारी भइरहेकाे छ भने लेखकलाई काठमाडाैं ल्याइसकिएकाे छ ।
बालेन्द्र साहकाे नेतृत्वमा नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । साेही आधारमा पक्राउ गरिएकाे हाे ।
आयाेगले गत भदाै २३ र २४ मा भएकाे नवयुवाहरूकाे आन्दाेलननमा तत्कालिन प्रधानमन्त्री ओेली र गृहमन्त्री लेखकले लापरवाहीपूर्ण तरिकाले प्रहरीलाई परिचालन र आन्दाेलनकारीमाथि गाेली प्रहार गर्न आदेशमा दिएकाे पाइएकाे भन्दै फाैजदारी कसुरमा अनुसन्धान गरि कााुन बमाेजिम कारवाही गर्न सिफारिस गरेकाे थियाे ।