बालेन सरकारका मन्त्रीहरुको नाम टुंगो लाग्यो, यस्तो छ मन्त्रीको सूची

बालेन सरकारका मन्त्रीहरुको नाम टुंगो लाग्यो, यस्तो छ मन्त्रीको सूची

  • शुक्रबार, चैत्र १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

चैत्र १३, काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारमा बन्ने मन्त्रीहरूको नाम टुंगो लागेको छ। रास्वपाका धेरै नेताको दाबी रहेको गृह मन्त्रालयको जिम्मेवारी भने सुधन गुरुङले पाउने भएका छन्। जेन–जी आन्दोलनका बेला चर्चामा आएका गुरुङ गोरखा–२ बाट निर्वाचित भएका थिए।

त्यस्तै रास्वपाका उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने भएका छन्। उनी अर्थ मामिलाका जानकार हुन्। उनी तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्।

त्यस्तै शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने भएका छन्। उनी रास्वपाको परराष्ट्र विभाग प्रमुख हुन्।

खडकराज पौडेल (गनेस) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन्। साहित्यकार समेत रहेका उनी कास्कीबाट निर्वाचित भएका थिए। त्यस्तै, श्रममन्त्री महोत्तरीका दीपक साह बन्ने भएका छन्।

शिक्षा तथा प्रविधि मन्त्री भने काठमाडौं–५ बाट निर्वाचित सस्मित पोखरेल बन्ने टुंगो लागेको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी भने बिक्रम तिमिल्सिनाले लिनेछन्।

त्यस्तै प्रतिभा रावल सामान्य प्रशासन मन्त्री हुने भएकी छिन्। उनी पत्रकारिता पृष्ठभूमिकी हुन्। उनलाई रास्वपाले समानुपातिकबाट सांसद बनाएको थियो। रावल रास्वपाकी सहप्रवक्ता समेत हुन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठले पाउने भएका छन्। काठमाडौंबाट निर्वाचित भएका उनी यसअघि रास्वपा संसदीय दलको नेतासमेत थिए।

कृषि तथा सहकारी र वन मन्त्रालयको जिम्मेवारी भने गीता चौधरीलाई दिइने भएको छ। उनी रास्वपाको सामानुपातिक सूचीमा निर्वाचित भएकी उनलाई मन्त्रालय बाँडफाँटमा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको हो। अधिवक्तासमेत रहेकी उनी गत फागुनको निर्वाचनभन्दा केही दिनअघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने सोविता गौतमले पाउने भएकी छिन्। उनी कानुनको जानकार तथा अधिवक्तासमेत हुन्। २०७९ को चुनावमा काठमाडौं–२ बाट निर्वाचित गौतम यसपटक चितवन–३ पुगेर चुनाव लडेकी थिइन्। उनले भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई भारी मतान्तरले पराजित गर्दै चुनाव जितेकी थिइन्।

सीता बादी महिला तथा बालबालिकामन्त्री बन्ने भएकी छिन्। भाैतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भने सुनिल लम्साल बन्ने भएका छन्।

रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच आज बिहान भएकाे छलफलमा मन्त्रीहरुकाे नाम टुंगो लागेकाे हाे। रास्वपाका केही शीर्ष नेताहरुसँग राष्ट्रपति कार्यलयमा पठाइने अन्तिम नामको सूची रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ