बालेनको पहिलो पहिलो मन्त्रिपरिषद्बाट गर्ने निर्णयहरुको तयारी सुरु

बालेनको पहिलो पहिलो मन्त्रिपरिषद्बाट गर्ने निर्णयहरुको तयारी सुरु

  • शुक्रबार, चैत्र १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

१३ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पहिलो मन्त्रिपरिषद्बाट गर्ने निर्णयहरुको तयारी थालेका छन् । त्यसका लागि विभिन्न मन्त्रालयहरुबाट गर्न सकिने कामहरूको विवरण संकलन भइरहेको हो ।

मुख्यसचिव सुमन अर्यालको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहिलो मन्त्रिपरिषद्‌बाट गर्न सकिने जनमुखी कामहरुको विवरण पठाउनु भनी सबै मन्त्रालयहरुमा पत्राचार गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्वद्ध स्रोतका अनुसार, संकलन गरिएका योजना र कार्ययोजनाहरू बालेन शाहको सचिवालयमा पठाइएको छ । त्यहाँ उनको विज्ञको टिम र अरु निजामती कर्मचारीहरूले उपयुक्त लागेका प्रस्तावहरू छानेर निर्णय गर्ने योजना छ ।
सबै मन्त्रालयहरुले एक/दुई पेजमा तत्काल गर्न सकिने काम, त्यसले आम जनमानसमा पार्ने प्रभाव र अरु सम्भावनाहरूको संक्षिप्त विवरण पठाएको श्रोत बताउछ ।

स्रोतका अनुसार, केही मन्त्रालयहरू गाभेर छरितो र प्रभावकारी बनाउने, जनतासँग जोडिएका पासपोर्ट, नागरिकता, राष्ट्रिय परिचयपत्र जस्तो सेवा प्रभावकारी बनाउने लगायतका विषयमा काम गर्ने योजना छ । त्यसैगरी शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रसँग सम्बन्धित प्रस्तावका विवरण पनि समावेश गरिएको छ ।

अघिल्लो हप्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार पारेको सुशासन मार्गचित्र(गुड गभर्नेन्स ब्लु प्रिन्ट) पनि बालेनको सचिवालयमा पुगिसकेको छ । विगतको भ्रष्टाचार अनुसन्धान एवं गैरकानूनी सम्पत्तिआर्जनका विषय छानविनको योजनावारे पनि छलफल भएको स्रोतले बतायो ।

‘तर कस्ता विषय अहिले नै निर्णय हुन्छन्, कस्ता विषय छलफलपछि अर्को पटक प्रस्तुत हुन्छ भन्नेबारेमा कुनै टुंगो लागेको छैन’ प्रधानमन्त्री कार्यालयसम्वद्ध स्रोतले भन्यो, ‘पहिलो मन्त्रिपरिषद्को सबै प्रस्ताव र निर्णयहरु नवनियुक्त प्रधानमन्त्रीज्यूबाट तय हुने अनुमान गरेका छौं

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ