भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बिद्यार्थीको प्रदर्शन

भदौ २३ र २४ गतेको घटना सम्बन्धि जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बिद्यार्थीको प्रदर्शन

  • मङ्लबार, चैत्र १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका साथै दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार काठमाडौंको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

हस्ताक्षर संकलनसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले जेनजी आन्दोलनका सहिद र घाइतेहरुलाई न्याय दिनका लागि तत्काल प्रतिवेदन सार्वजनिक हुनुपर्ने जनाएका छन् ।

उनीहरुले रगतको मूल्य कसैले बुझेन, प्रतिवेदन भने अझै देखिएन, प्रतिवेदन लुकाउन पाइँदैन, कार्की आयोगको प्रतिवेदन हाम्रो सूचनाको हक, लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारावाजी गरेका थिए । तत्काल प्रतिवेदन सार्वजनिक नभए कडा आन्दोलन गर्ने त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले बताए।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएपछि सरकारले उक्त प्रतिवेदन अध्ययन गर्ने गरि ग्रहण गर्ने निर्णय गरेको थियो ।
यो प्रतिवेदनले तात्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक सहितलाई कैद सजायको सिफारीस गर्नुका साथै संयौलाई मुद्धा चलाउन सिफारीस भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ