काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
चैत १२ गते दिनको ४ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको नेता चय गर्ने कार्यसूची रहेको प्रवक्ता झाले बताए। संघीय संसद सचिवालयले सोही दिन नवनिर्वाचित सांसदहरूलाई सपथग्रहण गराउँदैछ। सपथलगत्तै रास्वपाको बैठक बस्नेछ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री पदमा सपथ लिने बताइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline