रेणु दाहालले चुनाव हार्ने जस्तो आफूलाई लागेको थिएन, तर कामको मुल्याङकन भएन : ओली

रेणु दाहालले चुनाव हार्ने जस्तो आफूलाई लागेको थिएन, तर कामको मुल्याङकन भएन : ओली

  • सोमवार, चैत्र ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

भक्तपुर, १० चैत । पितृशोकमा रहेका नेकपा -एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवन ३ मा रेणु दाहालले निर्वाचन हार्छिन् भनेर आफूले नसोचेको प्रतिकृया दिएका छन् ।

रेणु दाहाल शोकमा परेका ओलीलाई भेट्न बहिनी गंगा दाहालको साथमा पुगेका बेला ओलीले रेणु दाहालको पराजयप्रति आश्चर्य प्रकट गर्दै सहानुभूति दिएका थिए। झापा–५ बाट आफू स्वयं पराजित भए पनि ओलीले चितवन–३ बाट पराजित रेणुको विकास कार्यको खुलेर प्रशंसा गरे।

ओलीले रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर हुँदा गरेका कामहरू चितवनका जनताको मानसपटलमा रहेको र त्यसैको आधारमा नतिजा सकारात्मक आउने अपेक्षा गरेको बताए। चितवनका जनताले कामको मूल्याङ्कन गर्छन् भन्ने मलाई लागेको थियो,ओलीले थपे।

भेटका क्रममा नेत्री दाहालले ओलीका दिवंगत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। झण्डै आधा घण्टा चलेको उक्त भेटमा चुनावी चोट र पारिवारिक शोकका बीच नेताहरूबीच सौहार्दपूर्ण संवाद भएको थियो।
गत फागुन २१ को निर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५ र नेकपा नेत्री दाहाल चितवन-३ बाट पराजित भएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ