उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

  • सोमवार, चैत्र ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं– सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको थियो । उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बंगलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो । उहाँले बंगलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले बंगलादेशमा हालै सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाई दिँदै नयाँ सरकारलाई सफलताको शुभकामना दिनुभयो । नेपालमा पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले दुवै सरकारबीच सहकार्य सुदृढ हुँदै नेपाल–बंगलादेश सम्बन्धका विविध आयामले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको विकासका लागि बंगलादेशको अनुभवबाट असल अभ्यासहरू सिक्न सकिने बताउँदै उपराष्ट्रपति यादवले सहकार्यद्वारा दुवै देशका जनताहरूको सुख–समृद्धि अभिवृद्धि हुनेमा जोड दिनुभयो ।

भेटका क्रममा महामहिम राजदूत रहमानले नेपाल–बंगलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गर्नुभयो । उहाँले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्याउन अनुरोध गर्नुभयो । साथै, नेपालको व्यापार घाटा कम गर्न बंगलादेश सहकार्य गर्न तयार रहेको राजदूत रहमानले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ