समानुपातिक सिट बाँडफाटः कुन दललाई कति सिट ?

समानुपातिक सिट बाँडफाटः कुन दललाई कति सिट ?

  • शुक्रबार, फाल्गुन २९, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा यसअघि नै सार्वजनिक भइसकेको जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबै मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा एक करोड आठ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्दै ६ वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्।

जसमा रास्वपाले ५७ सिट, काँग्रेसले २० सिट, एमालेले १६ सिट , नेपाली कम्युनिष्ट पार्टीले ९ सिट , श्रम संस्कृति पार्टीले ४ तथा राप्रपाले चार सिट प्राप्त गरेका छन् ।

आयोगले ती दलहरुलाई सांसदहरुको नाम सिफारीस गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ