काठमाडौँ। कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् । उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सभापति थापाले निर्वाचनमा पार्टी हारेकोमा नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन लागेको बताएका छन् ।
तर, उपसभापति शर्माले उनलाई तत्काल राजीनामा नदिन सुझाव दिए ।
उनले भने, रास्वपाको जित भन्दा बढी यो हाम्रो पराजय हो, तर यसको दोषी न त केवल एक व्यक्ति हो, न त विशेष महाधिवेशनबाट आएको कार्यसमिति हो । नयाँ कार्यसमिति बनेको ५ दिनमा उम्मेदवारी दर्ता अनि ५० औं दिनमा चुनाव थियो । त्यसैले पराजयको समग्र र सुक्ष्म समिक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्छ, सभापतिले राजीनामा दिएर पार्टीलाई झनै अफ्ठ्यारो अवस्थामा पुग्न दिनुहुन्न ।
पूर्व सभापति शेर बहादुर देउवालाई अपदस्त गरेर थापा चुनावको मुखमा सभापति भएका थिए ।
तर यो निर्वाचनमा काँग्रेस पराजय भएसँगै र स्वयं आफू समेत पराजित भएपछि थापाले पद त्याग्ने मनशाय बनाएका हुन् ।