मातृका यादवलाई विजेताको प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

मातृका यादवलाई विजेताको प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति

  • सोमवार, फाल्गुन २५, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

२५ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा-१ का उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गरेको छ । २१ फागुनमा भएको मतदानपछि धनुषा १ मा मतगणना भइसकेको छ । तर, आयोगले गणना सार्वजनिक गरेको छैन । यहाँबाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो ।

उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन हुँदा यहाँबाट नेकपाका उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित हुनु पर्नेमा आयोग मौन बसेपछि नेकपाले ध्यानाकर्षण गराएको हो ।

‘नेकपाले आफ्ना उम्मेदवार विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नु, निर्वाचन प्रक्रिया र स्थापित विधिविपरीत कार्य हुनु चिन्ताजनक भएको जनाएको छ । ‘कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन,’ उनले भनेको छ, ‘हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।’

रास्वपा उम्मेदवार कमललाई बैंक तथा वित्तीय संस्था सम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको प्रमाणित भएपछि १८ फागुनमा बसेको आयोगको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

उनको कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्था सम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको थियो । बैंकको ऋण नतिरेको, चेक बाउन्स भएको लगायतका मुद्दा लागेपछि सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

उम्मेदवार कमलविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ