२३ फागुन, काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयाेजक माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । उनी रौतहट–१ बाट सदस्य लडेका थिए ।
केहिबेर अघि सम्पन्न मत गणनामा नेपाल रास्वपाका राजेशकुमार चाैधरीले भारी मतान्तरले पराजित गरेका हुन् । चौधरीले २८ हजार ९४६ मत प्राप्त गरेर विजयी हुँदा नेपालले जम्मा ७,६६९ मत मात्र पाए । नेपाल चाैथाेमा सीमित भए ।
दाेस्राेमा नेकपा एमालेका अजय कुमार गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे । यस्तै कांग्रेसका अनिल कुमार झाले ८ हजार ५७४ मत प्राप्त गरेर तेस्राे स्थान हासिल गरे ।
नेपालकाे हारसँगै ठूला दलका नेतृत्वले हार्ने श्रृंखला झनै उकालाे लागेकाे छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline