२३ फागुन, काठमाडाैं । राजसंस्थाकाे वकालत गर्दै आइरहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पार्टी त्याग गरेका छन् ।
बिहिबार सम्पन्न भएकाे प्रतिनिधिसभा सदस्य (सांसद) निर्वाचनमा नराम्ररी हार व्यहाेरेका मिश्रले आज सामाजिक सञ्जालमा सन्देश लेख्दै चुनावमा प्राप्त नकारात्मक परिणामकाे जिम्मा लिँदै जिम्मेवारीबाट अलग भएकाे जनाएका छन् ।
चुनावमा मिश्र काठमाडाैंकाे क्षेत्र नं. १ मा रास्वपाका रञ्जु न्यापानेसँग भारी मतान्तरले हारेका थिए । यसअघिका २ वटा चुनावमा कांग्रेसका उम्मेदवारसँग थाेरै मतले हारेका उनकाे याे तेस्राे हार हाे ।
आजकाे सन्देशमा उनले आफू दलीय राजनीति नलाग्ने र स्वतन्त्र लेखक, विश्लेषक भएर बस्ने भनेका छन् । राजसंस्थाकाे पक्षमा ‘व्यापक जनलहर’ रहँदा पनि चुनावमा हार भएकाे उनकाे दाबी छ । मिश्र सामन्ती राजतन्नत्र फ्याँक्ने प्रमुख अस्त्र जनयुद्धका कट्टर विराेधी हुन् ।
उनकाे याे कदमले अब माेरङबाट हार्ने क्रममा रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई पद त्याग्न नैतिक दबाब पर्ने विश्लेषण गरिएकाे छ । याेपटककाे चुनावमा एक मात्र उम्मेद्वार जुम्लामा ज्ञानेन्द्र शाहीले जित्ने संभावना रहेकाे छ ।