फराकिलाे मतान्तरले तेस्रोपटक रवि लामिछाने विजयी

फराकिलाे मतान्तरले तेस्रोपटक रवि लामिछाने विजयी

  • शनिबार, फाल्गुन २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.4K
    SHARES

२३ फागुन, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । केहिबेर अगाडि सम्पन्न मतगणनामा लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका हुन् । उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।

याे उनकाे तेस्राे पटक विजयी हाे । यसअघि २०७४, २०७९ मा भारी मत ल्याएर विजयी भएका थिए । यसपटक उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरे ।

एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर भएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ