काठमाडौं १ मा एमाले र नेकपासहित २६ उम्मेदवारको जमानत जफत

काठमाडौं १ मा एमाले र नेकपासहित २६ उम्मेदवारको जमानत जफत

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

फागुन २२, काठमाडौँ । काठमाडौंमा धेरै उम्मेदावारको जमानत जफत हुने भएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना न्यौपानेले १५ हजार ४सय ५५ मत ल्याएर जित्दा उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत पाएका छन् ।

राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा ४८ हजार ४ सय ८९ मतदाता थिए । तीमध्ये करिब २८ हजार मत खसेको थियो । १० प्रतिशत ल्याउने उम्मेदवारले २ हजार ८ सय मत ल्याउनुपर्ने थियो । नेकपा एमालेका उम्मेदवारसहित अन्य २६ उम्मेदवारको जमानत जफत हुने भएको छ ।

एमाले उम्मेदवार मोहनराज रेग्मी १ हजार ६ सय १८ मत पाएका थिए । उनी र उनीपछिका सबै उम्मेदवारको जमानत जफत हुने देखिएको छ । उज्यालो नेपाल पार्टीका मोहनराज रेग्मी,श्रम संस्कृति पार्टीका समिर तामाङ लामा, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीसहित जमानत जफत हुने देखिन्छ । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था छ।

काठमाडौं १ मा नेपाल जनसेवा पार्टीवाट निर्वाचनमा भाग लिएका अर्जुनबहादुर शाही शून्य मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनाले १५ हजार ४ सय ५५ मत पाएर जित हात पार्दा नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् । राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् ।

सबैभन्दा कम मत प्राप्त गर्नेमा अर्जुनबहादुर शाही छन् जसले शून्य मत प्राप्त गरेका छन् । राजु भुजेल, शान्ति श्रेष्ठ, संगीत बम्मले एक मत मात्र प्राप्त गरेका छन् । राजकुमार लिम्बु, कमल सुवेदी, किरण शाह र रमेशप्रसाद जोशीले २ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका(२०८२ को दफा ६४ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दस प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान छ । प्रतिनिधिसभा सदस्य बन्न चाहने व्यक्तिले १० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ ।

२०७९ मा देशभर एमाले र कांग्रेसका १र१ उम्मेदवारको जमानत जफत भएको थियो । त्यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रका २ उम्मेदवारको जमानत जफत भएको थियो । यस पटक धेरै स्थानमा अग्रता बनाएको रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ