भक्तपुर १ मा नेमकिपाकाे किल्ला भत्किँदै

भक्तपुर १ मा नेमकिपाकाे किल्ला भत्किँदै

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

२२ फागुन, काठमाडाैं । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै ८४ स्थानमा अग्रता लिएकाे छ ।

एक स्थानमा जित निकालिसकेकाे छ । उसले अग्रता लिएकामध्ये एक भकतपुरकाे क्षेत्र नं. १ मा दशकाैंदेखिकाे मादल चिन्हमा चुनाव जित्मदै आएकाे नेपाल मजदुर किसान पार्टी (नेमकिपा) काे किल्ला रास्वपाले भत्काउने निश्चित भएकाे छ ।

जारी मत गणनामा रास्वपाका रूकेश रन्जितले ८,३०८ मत ल्याएर अग्रता कायम गरेका छन् । याे क्षेत्रमा बहुदलीय व्यवस्था (२०४६) स्थापना भएदेखि नारायणमान विजुक्छे नेतृत्वकाे नेमकिपाकाे एकछत्र राज गर्दै आएकाे ठाउँ हाे ।

पुराना ठूला दल भनिएका कांग्रेस, एमाले, नेकपाका उम्मेद्वार धेरै पछाडि छन् । भक्तपुर २ मा पनि रास्वपाकै राजिव खत्री धेरै अगाडि छन् । यसअघि २ नं. क्षेत्रमा नेकपा हारेपनि १ मा नेमकिपालाई हलचल गर्न सकेकाे थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ