बाबुरामले रास्वपालाई बधाई दिदै भने- चुनावी परिणाम जनताको शान्त विद्रोह हो

बाबुरामले रास्वपालाई बधाई दिदै भने- चुनावी परिणाम जनताको शान्त विद्रोह हो

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

२२ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह रूपमा अर्थ्याएका छन् ।

प्रारम्भिक मत परिणाम आइरहँदा डा। भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् । ‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ । यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ,’ भट्टराईले उल्लेख गरेका छन् ।

रास्वपालाई बधाई दिदै लेखेका छन्, ‘देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना,’ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ