काठमाडौं १ मा ८ हजार मत गन्न बाँकी, रञ्‍जु दर्शना जित नजिक

काठमाडौं १ मा ८ हजार मत गन्न बाँकी, रञ्‍जु दर्शना जित नजिक

  • शुक्रबार, फाल्गुन २२, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.1K
    SHARES

फाल्गुन २२, काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर १ मा ८ हजार मत गन्न बाँकी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) विजयी नजिक पुगेकी छन् । काठमाडौं क्षेत्र नम्बर १ लाई सुरुवातदेखि नै चासोका रुपमा हेरिँदै आएको छ ।

अब १३ वटा मतदान केन्द्रको मात्र मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । ‘४४ वटा मतदान केन्द्रको मतगणना सकिसकेको छ,’ उनले भने, ‘चाँडै सम्पन्न गर्ने तयारीमा छौं, बढीमा दुई घण्टा भित्र अन्तिम मत परिणाम आउँछ ।’

अहिलेसम्म २३ हजार २ सय २७ मतगणना गरी सकिएकोमा रास्वपाकी दर्शनाले १२ हजार ८ सय ४२ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ५ हजार २ सय १६ मत पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ