सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

किमाथाङ्का (सङ्खुवासभा), २१ फागुनः सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका एक सय ६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

जिल्लाभरका १ सय ६४ वटै मतदान केन्द्रमा ५३ प्रतिशत १९ दशमलव मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिनुभयो ।

कूल १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । जिल्लामा ३३ हजार एक सय ८० पुरुष र ३० हजार चार सय महिलाले मतदान गरेको उहाँको भनाइ छ । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत साधन व्यवस्थापन गरिसकेको छ ।

हेलिकप्टरमार्फत ढुवानी

जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने भएको छ । भोटखोलाका तीन र सिलिचोङ गाउँपालिकाका दुई मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइने भएको छ ।

जिल्लाका भौगोलिक रूपमा निकै विकट मानिएको भोटखोला गाउँपालिकाअन्तरर्गतका थुदाममा, रिदाक र किमाथाङ्का र सिलिचोङ गाउँपालिका –५ को खेम्पालुङ आधारभूत विद्यालयको र वडा नम्बर ३ को शिवशक्ति माध्यमिक विद्यालय काम्पेक मतदान केन्द्रमा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । यी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत भोलि मात्र ल्याइने उहाँको भनाइ छ ।

त्यस्तैगरी मतगणनाका जिल्ला समन्वय समितिको सभाहलमा मत गणनास्थल समेत तयार पारिसकिएको छ । गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाभर ९८४ कर्मचारी खटिएका थिए । जिल्लामा एक अस्थायी सहित १६५ मतदान केन्द्र छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका जिल्लामा १५ दल र एक स्वतन्त्र चुनावी मैदानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ