२१ फागुन, काठमाडाैं । प्रतिनिधिसभा सदस्य चयनका लागि आज भएकाे मतदान छिटफुट घटनाबाहेक सबै स्थानमा मतदान सम्पन्न भएकाे छ । अहिले मतपत्र बाकस पालिका र जिल्ला सदरमुकाम लैजाने काम भइरहेकाे छ ।
यसैबिच राैतहट क्षेत्र नं. ३ काे गुजरा नपा-३ स्थित सिमरी मतदान केन्द्रबाट बाकस गणनास्थल कटहरिया लगिएकाे छ । समानुपातिक र प्रत्यक्ष गरी दुईवटा बाकस मत लगिएकाे हाे ।
कुल ८ सय १८ मतदाता रहेकाे यस केन्द्रमा २ बजे नै मतदान सकिएकाे र ५ सय ५७ मत खसेकाे जनाइएकाे छ ।गणना आज रातिबाटै शुरू गरिने जनाइएकाे छ ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline