प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुगुमा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान

  • बिहिबार, फाल्गुन २१, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, २१ फागुनः प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो । मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।

मुगुमा कूल ३६ हजार ३१ मतदाता छन् । जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन् । कूल उम्मेदवार सात रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ