रूपन्देहीमा निर्वाचनको तयारी पूरा

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

  • मङ्लबार, फाल्गुन १९, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.6K
    SHARES

सिद्धार्थनगर (रुपन्देही), १९ फागुनः जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्लामा सुरक्षा व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार हुने निर्वाचन प्रक्रियाअन्तर्गत मौनअवधि सुरु भइसकेको अवस्थामा खटिएका कर्मचारी निर्वाचन सामग्री लिई तोकिएको मतदान केन्द्रमा पुगिसकेको कार्यालयले जनाएको हो ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले मतदान तथा मतगणनासम्बन्धी व्यवस्थापकीय कामकारवाहीलाई तीव्रता दिएको र जिल्लाका पाँचै निर्वाचन क्षेत्रको शान्ति सुरक्षाको व्यवस्थासहित आवश्यक पूर्वतयारीको काम पूरा भएको जानकारी दिनुभयो । निर्वाचनका लागि जिल्लाका २१३ मतदान स्थलअन्तर्गत ७३६ मतदान केन्द्रको तयारी पूरा भएको र सुरक्षाको व्यवस्था पनि चुस्त पारिएकाले ले निर्धक्क भई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्लाभर खटिएका ७३६ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत आआफ्नो कार्यक्षेत्रमा खटिएका छन् । निर्वाचनका क्रममा जिल्लामा चार हजार ४०४ कर्मचारी तथा दुई हजार २०३ स्वयम्सेवक परिचालन गरिएका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा कूल छ लाख ७२ हजार ५२३ मतदाता रहेका छन् । पाँचै क्षेत्रमा मतगणनास्थल तयारीसमेत अन्तिम चरणमा पुगेको, गणनास्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान तथा तारजाली व्यवस्थापन गरी सुरक्षा प्रबन्ध कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ