निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने

  • आइतवार, फाल्गुन १७, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

काठमाडौँ, १७ फागुनःप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई त्यसलाई भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारी सामूहिक जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा जुट्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन हुनुअघि, निर्वाचनको बेला र निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयमा आज श्रव्यदृश्यका माध्यमद्वारा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले राष्ट्रप्रतिको आफ्नो दायित्व नबिर्सन निर्देशन दिनुभयो ।

साथै उहाँले सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै रणनीतिसहित कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना अवलम्बन गर्दै अन्य सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ