जेनजी आन्दोलनसम्बन्धी बीबीसीले बनाएको डकुमेन्ट्री जनकपुरधाममा प्रदर्शन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्ता पक्राउ परेका छन्।
आज साँझ प्रहरीले एलईडी सेटसहित भारतीय नम्बर प्लेटको गाडी र रास्वपा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। दुई दिनदेखि जनकपुरधामको विभिन्न चोकमा भारतीय गाडीले बीबीसीले तयार पारेको डकुमेन्ट्री देखाइरहेको थियो। एलइडी सेटसहितको गाडी रहेको छ।
थप दुई वटा गाडीको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
डीएसपी बमका अनुसार, बी.आर –१ जी ०१४६७ नम्बरको गाडीमा प्रोजेक्टर लगाएर जनकपुरको रेल्वे स्टेसन अगाडि डकुमेन्ट्री प्रसारण भइरहेको थियो। प्रसारण भइरहेको क्रममा गाडीमै बसिरहेका रास्वपाका कार्यकर्ता विकास जयसवाललाई पक्राउ गरिएको छ।
निर्वाचन आचारसंहिता विपरीत भारतीय गाडीको प्रयोग गरी संवेदनशीलताको ख्याल नगरी चुनावको मुखमा बीबीसीको डकुमेन्ट्री प्रसारण गरिरहेकाले उनलाई नियन्त्रणमा लिइएको डीएसपी बमले बताए।