राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य : संयोजक प्रचण्ड

राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य : संयोजक प्रचण्ड

  • शुक्रबार, फाल्गुन १५, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौँ, १५ फागुन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले राष्ट्रिय स्वाधिनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी, ललितपुर क्षेत्र नं. १ द्वारा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुकमा विद्यमान सङ्कट समाधान गरी देश विकास र जनतालाई समृद्ध बनाउने सङ्कल्प पार्टीले लिएको बताउनुभयो ।

विगतका कमजोरी सच्याउँदै ‘नयाँ नेपाल’ निर्माण गर्ने प्रतिबद्धतासहित विभिन्न २६ वटा वामपन्थी र समाजवादी घटनाहरूबीच एकता भएको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिष्ट शक्तिहरूलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पार्टीले आत्मसात गरेका वैचारिक दृष्टिकोण तथा कम्युनिष्ट आदर्शका कारण अहिले पार्टीप्रति जनलहर बढेको बताउँदै उहाँले आसन्न निर्वाचनमा जनताले राम्रो मूल्याङ्कन गर्ने उल्लेख गर्नुभयो । पार्टीले आगामी पाँच वर्षभित्र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने गरी योजना निर्माण गरेको बताउँदै उहाँले त्यस कार्यक्रमबाट गरिबी १० प्रतिशतमा झार्ने सकिने र सामाजिक तथा आर्थिक रूपान्तरणका लागि १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्न सकिने बताउनुभयो ।

राजनीतिक व्यवस्था बदलिए पनि जनताको जीवनस्तर नबदलिएको स्वीकार्दै उहाँले नेपाली विशेषताको समाजवाद कार्यान्वयन गरी प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ