रास्वपामा रोकिएन पहिरो, नवलपरासीका जिल्ला सभापति पार्टी परित्याग गर्दै काँग्रेस प्रवेश

रास्वपामा रोकिएन पहिरो, नवलपरासीका जिल्ला सभापति पार्टी परित्याग गर्दै काँग्रेस प्रवेश

  • बिहिबार, फाल्गुन १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

परासी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्।

पार्टी परित्याग गरेका ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गर्दै उक्त आरोप लगाएका हुन्। नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का उम्मेद्वार विनोदकुमार चौधरीले पार्टी प्रवेश गराएका हुन्।

चुनावी सभामा बोल्दै ठकुरीले जिल्लामा आफूहरूले मेहनत पूर्वक गरेको संगठनलाई भताभुङ्ग पार्ने गरी अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर कार्यकर्ताको मानमर्दन गरेको बताए। रास्वपाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएकालाई उम्मेद्वार बनाएपछि रास्वपामा असन्तुष्टि छ।

ुदुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो। यसले सबै साथीको मानमर्दन भएको महशुस गरी पार्टी छाड्ने कठोर निर्णय गरेको हुँ,ु ठकुरीले भने।

आफूलाई टिकट दिने भनेर अन्तिम समयको राति ११ बजेसम्म कुराएर आर्थिक चलखेल गरी अपारदर्शी रूपमा अरूलाई टिकट दिएको उनको आरोप थियो। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ मा उनी चुनाव लडेका थिए। नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीसँग प्रतिस्पर्धामा रहेका ठकुरीले १२ हजार ४९९ मत ल्याएका थिए।

पछिल्लो समय रोड सो मा रवि वालेनको क्रेज देखिए पनि तल्लो तहमा धमाधम विद्रोह चर्किएको छ । यसले रास्वपालाई आगामी निर्वाचतनमा धक्का लाग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ