भदौ २४ मा देश जलाउने र लुट्नेहरुलाई कार्बाही गर्नु पर्छ : प्रचण्ड

भदौ २४ मा देश जलाउने र लुट्नेहरुलाई कार्बाही गर्नु पर्छ : प्रचण्ड

  • बिहिबार, फाल्गुन १४, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेजनी आन्दोलनका नाममा आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताएका छन्।

नेकपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा संयोजक प्रचण्डले भदौ २३ गतेको घटनामा सरकार सञ्चालन गरिरहेका दल जिम्मेवार रहेको बताए। आफूहरूले खबरदारी गर्दागर्दै पनि सरकार सञ्चालन गरिरहेका नेकपा ९एमाले० र नेपाली कांग्रेसले वास्ता नगरेको उनको भनाइ थियो।

‘अहिलेको परिस्थित जो बन्न गयो, २३ गते जो नरसंहार भयो, त्यसका निम्ति तत्काल सरकारमा रहेका पार्टीहरू सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेरबहादुर देउवा त्यतिवेला नेपाली कांग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ,’ प्रचण्डले भने, ‘उहाँहरू जो जिम्मेवारी लिन पन्छिनु भएको छ, त्यो गलत भएको छ।’

यससँगै त्यसको भोलिपल्ट भएको आगजनी र लुटपाटमा संलग्न व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो। ‘भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई पनि कारबाही गर्नुपर्छ,’ उनले भने।

संविधान, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापिना गर्न कांग्रेस र एमालेका लगायतका दल सहयात्री भए पनि भदौ २३ को घटनामा अलग रहेको उनको जिकिर थियो। ‘हिजोको त उनीहरू हाम्रा सहयात्री हुन्, तर २३ गतेका सहयात्री होइनन्। देशलाई दुर्घटनातिर लग्दै हुनुहुन्छ भनेर भनेकै हो,’ प्रचण्डले भने।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ