कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा प्रदेश सभाबाट पदमुक्त

कर्णालीका पूर्व मुख्यमन्त्री शर्मा प्रदेश सभाबाट पदमुक्त

  • बुधबार, फाल्गुन १३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्। शर्मा पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए। प्रलोपामा लागेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

नेकपाले उनलाई निष्कासन गरेको जानकारी प्रदेश सभालाई दिएको थियो। नेकपा संसदीय दलले गरेको निर्णयका आधारमा कर्णाली प्रदेश सभा सचिवालयले बुधबार सूचना जारी गरे। शर्मा सांसदबाट पदमुक्त भएको जनाएको छ।

उनलाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ को उपदफा (१) बमोजिम पार्टीबाट निष्कासन गरिएको पत्र दर्ता भएको थियो। निर्वाचित भएको दलले निष्कासन गरेको प्रदेश सभामा जानकारी गराएपछि सांसदबाट पदमुक्त हुने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ। त्यही व्यवस्था अनुसार, शर्मा पदमुक्त भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जारी गरेको सूचनामा उल्लेख छ।

शर्मा २०७९ सालको प्रदेश सभा निर्वाचनमा तत्कालीन नेकपा ९माओवादी केन्द०बाट रुकुम ९पश्चिम० १ ‘ख’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनले २० हजार १६० मत पाएका थिए।

उनी २०७९ पुस २७ देखि २०८० चैत २१ गतेसम्म कर्णालीको मुख्यमन्त्री बनेका थिए। ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ