अहिले रवि लामिछाने र बालेन शाह पुगेका ठाँउमा मानिसहरुको भीड देखिन्छ । सामाजिक सञ्जालमा पनि उनीहरुको पक्षमा लहर छ । तर यो पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेताहरुले यतिखेर धमाधम पार्टी छाडिरहेका छन् ।
पछिल्लो समय मात्रै सु्मना श्रेष्ठ, सन्तोष परियार लगायतका नेता बाहिरिएका थिए भने अहिले प्रदेशका संस्थापक सभापति ममता शर्मा, पार्टी स्थापनामा महत्वपूर्ण भूमिका खेलेकी उर्मिला भुर्तेल लगायतले यस अघि नै रास्वपा परित्याग गरीसकेका छन् । पार्टी छाडेका पदाधीकारीदेखि जिल्ला पदाधीकारीहरु अधिकांश नेपाली काँग्रेसमा प्रवेश गरीरहेका छन् ।
यसै क्रममा आज बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले आज राजीनामा दिएका छन् । उनी लगत्तै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
अहिले राजीनामा दिएका अधिकांश नेताहरुले पार्टी भित्र आर्थिक अपारदर्शीता, टिकट वितरणमा अनियमितता , आर्थिक चलखेल भएको जस्ता आरोपहरु पार्टी छाडेकाहरुले लगाईरहेका छन् ।
रवि वालेन पार्टीले बहुमत ल्याउने भन्दै रोड सो गरीरहँदा संगठन भित्र जान थालेको पहिरोलाई नेतृत्वले वेवास्ता गरे पनि अधिकांश पुराना नेता कार्यकर्ता भने चिन्तित भईरहेको बुझिएको छ ।