काँग्रेस सभापति थापाले सर्लाही ४ का लागि सार्वजनिक गरे छुट्टै प्रतिज्ञापत्र

काँग्रेस सभापति थापाले सर्लाही ४ का लागि सार्वजनिक गरे छुट्टै प्रतिज्ञापत्र

  • सोमवार, फाल्गुन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्।

उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। ुमधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं। ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस गरिरहेको छु। म तपाईंहरूसँग एकाकार भई एउटा गहिरो भावनात्मक सम्बन्ध स्थापित गर्न, मधेसलाई सुन्न, बुझ्न र आत्मसात् गर्न, मधेसका मुद्दा र समस्यालाई राष्ट्रिय मुद्दा र प्राथमिकता बनाउन आएको हुँ,ु उनले भनेका छन्।

थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण आधारभूमि रहेको उल्लेख गरेका छन् । उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन् । विभिन्न समुदायका नागरिकसँग छलफलपछि स्थानीय समस्या समाधानका लागि योजना तयार गरिएको उनले बताएका छन् ।

स्थानीय नागरिकबाट पुल निर्माण, बाँध मर्मत, डुबान नियन्त्रण, सडक, नहर, ढल निकास, खानेपानी, सिँचाइ, कृषि भण्डारण लगायतका समस्या बारम्बार उठेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ