देश विकासको जिम्मा मेरो हो ढुक्क हुनुस् : ओली

देश विकासको जिम्मा मेरो हो ढुक्क हुनुस् : ओली

  • सोमवार, फाल्गुन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिंगो देश विकास गर्ने जिम्मा आफ्नो भएको बताउँदै ढुक्क रहन आग्रह गरेका छन्।

आज झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकास गर्ने जिम्मा आफ्नो भएको जिकिर गरेका हुन्। झापा–५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका ओलीले भने, ‘यहाँको विकासको जिम्मा मेरो हो। यस जिल्लाको विकासको जिम्माको मेरो हो। यस प्रदेशको विकासको जिम्मा मेरो हो। सिंगै देशको विकासको जिम्मा मेरो हो। तपाईहरू ढुक्क हुनुहोस्।’

देश बनाउने पार्टी एमालेले भएकाले अलमलमा पर्न नहुने उनको भनाइ थियो।

उनले एमालेको पहिलो प्राथमिकता देश भएको बताए। एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘एमाले भन्छ( अरू सबै कुरा पछि, देश पहिले।’

नेशनल भोलेन्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए। ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ उनले भने।

आन्दोलनको नाममा अराजकता फैलिएको उनको भनाइ थियो। अब यस्तो अवस्था दोहोरिन नदिने दाबी गर्दै ओलीले भने, ‘अब नेशनल भोलेन्टिर्स फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ