निर्वाचन हुन नदिन विभिन्न तत्व सक्रिय रहेको भन्दै सजग हुन सरकारलाई काँग्रेसको आग्रह

निर्वाचन हुन नदिन विभिन्न तत्व सक्रिय रहेको भन्दै सजग हुन सरकारलाई काँग्रेसको आग्रह

  • आइतवार, फाल्गुन १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको भन्दै सरकार सजग र दृढ हुन पर्नुे बताएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको पनि बताए ।

‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ,’ प्रवक्ता चालिसेले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’

उनले सबै पार्टीहरूले निर्वाचनमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने पनि बताए । पूर्वराजा ज्ञानेन्द्रले निर्वाचन अगाडि राष्ट्रिय सहमतिको कुरा गरेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता चालिसेले सबैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै निजी अभिव्यक्तिमा कुनै टिप्पणी नरहेको बताए ।

उनले विभिन्न पार्टीबाट कांग्रेसमा नेता कार्यकर्ता प्रवेश गरिरहेका र ती प्रवेशले पार्टी बहुमत ल्याउने बिन्दुमा पुग्न लागेको बताए ।

काँग्रेस छाडेका सबैलाई पार्टीमा फर्कन पनि काँग्रेसले आव्हान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ