नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चलाउन नसक्नेले देश चलाउँछु भन्दै हिँडेको भन्दै बालेन शाहप्रति ब्यग्यात्मक टिप्पणी गरेका छन् । आज झापामा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई लक्ष्य गर्दै पालिका चलाउन नसक्नेले देश चलाउँछु भनेर चुनावमा आएको टिप्पणी गरेका छन् ।
‘एउटा पालिका चलाउन नसकेर फेल खाएकालाई देश चलाउने जिम्मा दिने रे । प्रधानमन्त्री बनाउने रे यो देश मजाक गर्ने ठाउँ हो ? ’ उनले भने।
यस्तै उनले देशमा फेरि शान्तिपूर्ण वातावरण फर्काउन, देशको रक्षा गर्नुपर्ने बेला भइसकेको पनि बताए । उनले एमाले विजयको तयारीमा लागिरहँदा निर्वाचन रोक्ने प्रयास भइरहेको पनि बताए ।
‘अहिले पनि निर्वाचन रोक्ने प्रयास भइरहेका छन्, तर हामी अलमल नगरी विजयको तयारीमा लाग्छौं,’ उनले भने।
विपक्षी दलहरूले एमालेको झण्डा जलाउने र अवाञ्छित क्रियाकलाप गरेर निर्वाचनको वातावरण बिगार्न खोजेको उनले आरोप लगाए। उनले झन्डाको अपमान गर्नु निर्वाचन विरूद्धको अपराध भएको ओलीले बताए।