सहकारी पीडितले उठाएका काठमाडाैंका उम्मेद्वार भन्छन्- जिते पहिलाे हस्ताक्षर रकम फिर्ता गराउने कानूनमा (तस्बिर)

सहकारी पीडितले उठाएका काठमाडाैंका उम्मेद्वार भन्छन्- जिते पहिलाे हस्ताक्षर रकम फिर्ता गराउने कानूनमा (तस्बिर)

  • शनिबार, फाल्गुन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

९ फागुन, काठमाडाैं । सहकारी संस्थाहरूले आफूहरूकाे बचत रकम हिनामिना गरेर समस्यामा पारिएका पीडितहरूले काठमाडाैंमा उम्मेद्वार उठाएका छन् । पीडितहरूले लामाे समयदेखि पीडितकाे बचत रकम फिर्ता गराउन लड्दै आइरहेका कुशलभ केसीलाई काठमाडाैं क्षेत्र नं. १ बाट  स्वतन्त्र उम्मेद्वार उठाएका हुन् ।

केसीकाे चुनाव चिन्ह प्रेसर कुकर रहेकाे छ । यही फागुन २१ मा समानुपातिक र प्रत्यक्षतर्फ गरी २७५ सदस्यीय प्रतिनिधसभा सदस्य चयन गर्न निर्वाचन हुँदैछ । केसी प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।

शनिबार विभिन्न सहकारी संस्थाबाट पीडितहरूले माइतीघर मण्डलमा भेला भएर काठमाडाैं-१ मा भाेट माग्न शुरू थरेका छन् । भाेट माग्ने टाेलीमा सयाैं संख्यामा सहभागी छन् । भाेट माग्न र्याली नै बनाइएकाे छ । जहाँ वृद्धवृद्धा समेत सामेल छन् ।

र्याली शुरू हुनुअघि आयाेजित भेलालाई सम्बाेधन गर्दै उम्म्द्वार केसीले आफू पीडितहरूकै आग्रहमा उम्मेद्वार बनेकाे र जितेपछि पीडितले बचत रकम फिर्ता पाउने गरी कानुन बनाउने र त्यसैमा पहिलाे हस्ताक्षर गर्ने बताए । आफू हारेपनि पीडितकाे साथमा हुने, जिते धाेका नदिने प्रतिवद्वता व्यक्त गरे ।

निर्वाचन आयाेगलेभने चुनाव प्रचारमा २५ जनासम्म मात्र सहभागी हुन पाउने व्यास्था गरेकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ