मतदातासँग गगनको आस्वासन : अब सांसद खोज्दै धाउनु पर्दैन, म आफै आँउछु

मतदातासँग गगनको आस्वासन : अब सांसद खोज्दै धाउनु पर्दैन, म आफै आँउछु

  • शनिबार, फाल्गुन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगन थापाले सर्लाहीका मतदाताले सांसद खोज्दै अब धाउनु नपर्ने वाचा गरेका छन्।

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र नहुने भन्दै आफू मधेस बुझ्न र मधेस जान्न सर्लाही आएको पनि बताए।

नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र हुँदैन। मधेस पनि बुझ्नुपर्छ। म अहिले नेपालको नेतृत्व गर्न, मधेस बुझ्न र मधेसको हुन मधेस आएको हुँ, थापाले मतदाताको प्रश्नको जबाफ दिँदै भने।

चुनावको बेला घरघर देखिने अरूबेला नदेखिने सांसददेखि तपाईंहरू थाक्नु भएको छ। तपाईं अब सांसद खोज्दै आउनु पर्दैन, म आफै आउँछु, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नु भन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो,ु उनले अघि थपे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ