दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ

  • शनिबार, फाल्गुन ९, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

दाङमा नेकपा एमालेको झन्डा जलाएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रेशम बोहराले दिएको जानकारीअनुसार फागुन ७ गते राति दाङको तुलसीपुर उपमहानगरपालिका-५, वीरेन्द्र चोकमा एमालेको चुनाव चिह्न अङ्कित झन्डा जलाइएको घटनामा थप २ युवकलाई नियन्त्रणमा लिइएको हो।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाकै वडा नं। ४, हलवारका वर्ष ३० वर्षीय प्रहरीले रमेश राना मगर र सोही उपमहानगरपालिका वडा नं। ६, गाइडरका २४ वर्षीय विक्रम परियारलाई प्रहरीले पक्रेको हो।

यसअघि त्यही घटनामा बुद्धिबहादुर बस्नेत पक्राउ परिसकेका छन्।

हालसम्म पक्राउ परेका तीनैजना उपर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य सम्भावित व्यक्तिको खोजी जारी रहेको डीएसपी बोहराले जानकारी दिए।
पक्राउ पर्नेहरु रास्वपाका कार्यकर्ता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ