चैतको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने गगन थापाको दाबी

चैतको पहिलो साता काँग्रेसको नेतृत्वमा सरकार बन्ने गगन थापाको दाबी

  • बिहिबार, फाल्गुन ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चैतको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

बिहीबार काठमाडौंमा कांग्रेसले आयोजित कार्यक्रममा उनले बैशाख १ गते नेपालको नाममा सम्बोधन गर्दै ५ वर्षको प्रतिज्ञा सार्वजनिक गर्ने जानकारी दिए।

उनले एउटा कुनै व्यक्तिले मात्र नेपालमा चमत्कार गर्न नसक्ने बताए। उनले कांग्रेसले टिम नेपाल बनाउने र त्यसले कांग्रेसको प्रतिज्ञा पत्रअनुसार प्रतिबद्धता पूरा गर्न सबै दललाई साथमा लिएर अगाडि बढ्ने जानकारी गराए।

उनले सांसदको संख्या समेत घटाउने प्रतिबद्धता व्यक्त गरे। उनले संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गरे। थापाले अव सरकार नियुक्तिमा दल नभई अब्बल व्यक्ति खोजिने बताए। सभापति थापाले प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने जानकारी गराए।

उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने धारणा राखे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ