देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली

  • बिहिबार, फाल्गुन ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौ ७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उहाँले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताउनुभएको छ ।

पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उहाँले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ । हाम्रो राजनीति सबै पुस्तालाई जोड्ने, मिलाउने, साथ लिएर हिँड्ने हो ।”

अध्यक्ष ओलीले घोषणा पत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा, र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने छौं,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभई नेपाल राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमण रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ