नेपाललाई पाँच बर्ष भित्र कुसासन र गरीबीबाट हटाउने काँग्रेस सभापति गगन थापाको प्रतिवद्धता

नेपाललाई पाँच बर्ष भित्र कुसासन र गरीबीबाट हटाउने काँग्रेस सभापति गगन थापाको प्रतिवद्धता

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ बनाएर ५ वर्षमा कुशासन र गरिबी हटाउने प्रतिवद्धता जनाएका छन् ।

आज जनकपुरको तिरहुतियामा आयोजित प्रतिज्ञासभामा सभापति थापाले त्यो एक्लै सम्भव नभएको बताए ।

‘टिम नेपालले यो ५ वर्ष कुशासन, गरिबीलाई हराउँछ । त्यो एक्लै सम्भव हुँदैन,’ थापाले भने, ‘कांग्रेसले आजको समस्या समाधान गर्छ भोलिको विकासमा अगाडि बढाउँछ । कांग्रेसको शक्ति सबैलाई सम्हालेर समेटेर अगाडि बढाउँछ ।’

कांग्रेसको टिम नेपालमा वडादेखि केन्द्रसम्मका सरकार, सबै राजनीतिक दल हुने थापाले बताए।थापाले प्रतिज्ञापत्रमा लेखिएका अक्षर सभापतिदेखि क्रियाशील सदस्यले पालना गर्ने बताए।

उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नु पर्ने बताए। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताए।

उनले भने, ुमधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विनाको अवस्था जर्जर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।ु

उनले मधेसले सिङ्गो देशलाई पाल्न सक्ने तागत बोक्न सक्ने बनाउने प्रतिज्ञा गरेको बताए। उनले मधेसका या देशका जुनसुकै युवा विदेशमा भए त्यहाँ दूतावास राखेर भए पनि नेपालीको हेरचाह गर्ने व्यवस्था गर्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ