दाङ- २ मा प्रगतीशील लोकतान्त्रिक पार्टीका उम्मेद्धार अधिकारीद्धारा नेकपाका उम्मेद्धार आचार्यलाई समर्थन

दाङ- २ मा प्रगतीशील लोकतान्त्रिक पार्टीका उम्मेद्धार अधिकारीद्धारा नेकपाका उम्मेद्धार आचार्यलाई समर्थन

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

६ फागुन, दाङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का दाङ क्षेत्र नम्बर २ का उम्मेदवार प्रतीक अधिकारीले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यलाई समर्थन गरेका छन् ।

आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले आफ्नो उम्मेदवारी निष्कृय बनाउँदै आचार्यलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

इन्जिनियर अधिकारी तत्कालीन माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा थिए । माओवादी–एकीकृत समाजवादी लगायतका दलहरु मिलेर नेकपा बनेपछि अधिकारी प्रलोपामा लागेका थिए । उनले प्रलोपा छाडेर नेकपामा फर्किएको घोषणा समेत गरेका छन् ।

दुई दिनअघि मात्रै दाङ क्षेत्र नम्बर २ का आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर विकले पनि आफ्नो उम्मेदवारी निष्कृय बनाएर नेकपा उम्मेदवार आचार्यलाई समर्थन गरेको घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ