पार्टी भित्र असन्तुष्ट रहेकी रास्वपाकी मधेश प्रदेशकी संस्थापक सभापति ममताले त्यागिन रास्वपा

पार्टी भित्र असन्तुष्ट रहेकी रास्वपाकी मधेश प्रदेशकी संस्थापक सभापति ममताले त्यागिन रास्वपा

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् ।

हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् ।

विज्ञप्ति जारी गर्दै उनले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताउकी छिन् ।

उनले भनेकी छिन्, ‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मुल्यहरु माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेश गर्दछु ।’

टिकट वितरणमा भएको असन्तुष्टीका कारण मधेशमा रास्वपालाई क्षति पुग्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ