काँग्रेसले आज चुनावी सभा जनकपुरमा गर्दै , पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने

काँग्रेसले आज चुनावी सभा जनकपुरमा गर्दै , पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्ने

  • बुधबार, फाल्गुन ६, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

नेपाली कांग्रेसले आज जनकपुरमा सभा गर्दै छ। कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार कांग्रेसले जनकपुरमा सभा गर्न लागेको हो। यो सभालाई प्रतिज्ञा सभा भनिएको छ।

यही सभाबाट कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दैछ। यसपालि घोषणापत्रलाई कांग्रेसले प्रतिज्ञा पत्र भनेको छ।

कांग्रेसले निर्वाचन आयोगलाई भने फागुन ३ गते नै पार्टीको घोषणापत्र बुझाएको थियो।

जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्नेछन्।

प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रका बारेमा काठमाडौँमा पनि पत्रकार सम्मेलन गरेर जानकारी दिइने भएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ