एमालेका अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै छन्। आफ्नो क्षेत्रका व्यस्थ ओलीले मंगलबार दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी रहेका हुन्।
निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि झापा ५ क्षेत्रमा गर्ने कामको फेहरिस्त छ।
प्रतिवद्धता पत्रमा नेपालमा कम्यूनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले बताए।
अध्यक्ष ओलीले आज दमक ३ स्थित दुम्से, टुकुरे लगायतका ठाउँका मतदातालाई भेट्दैछन्। यस अघि नेकपाका रञ्जित तामाङले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरीसकेका छन् ।
अर्का मुख्य प्रतिस्पर्धी बालेन शाहले घोषणा पत्र सार्वजनिक गर्न बाँकी रहेको छ ।