झापा ५ मा ओलीको निर्वाचन कार्यक्रम तीव्र हुँदै

झापा ५ मा ओलीको निर्वाचन कार्यक्रम तीव्र हुँदै

  • सोमवार, फाल्गुन ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी कार्यक्रम तीव्र पार्ने भएका छन् । उनले आज दिनभर झापा ५ अन्तर्गत दमक नगरपालिकाका मुख्य चोकहरूमा पुगेर मतदातासँग भेटवार्ता गर्दैछन् ।

निर्वाचन प्रचार उपसमितिका संयोजक इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले आज बिहान ११ बजे दमक ५ को यलम्बर चोकबाट मतदाता भेटघाट सुरु गर्ने तालिका छ।

त्यसलगत्तै ११ बजेर ५० मिनेटमा दमक ६ को शङ्खधर चोकमा स्थानीयसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ भने दिउँसो १ बजे दमक ७ को तविन चोक र २ बजे दमक १ को हाबलदार चोकमा कार्यक्रम राखिएको ओलीको सचिवालयले जनाएको छ।

सोमबार अपरान्ह ३ बजे दमक २ स्थित दमक फन पार्कमा स्थानीयसँग भेट गरेपछि ओली ४ बजे दमक ३ को आमचोकको कार्यक्रममा पुग्ने तालिका छ। आमचोकमै आजको दिनभरिको भेटघाट कार्यक्रम समापन गर्ने तालिका छ।

यसअघि ओली आइतबार दमक २ स्थित हिमालय माध्यमिक विद्यालयमा आयोजित नेपाल शिक्षक संगठनको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा ओलीले देशमा भएका आगजनी र तोडफोडका घटनामा युवा पुस्ता ९जेनजी० को नभई अपराधीहरूको हात रहेको दाबी गरेका थिए।
उनले शिक्षक र विद्यार्थीले नभएर युवा आन्दोलनमा घुसपैठ गर्ने अपराधीहरूले यस्तो वितण्डा मच्चाएको बताए। उनले आफू प्रधानमन्त्री हुँदा वार्ताका लागि पटक९पटक आह्वान गरे पनि शिक्षक संगठनका प्रतिनिधिहरू वार्तामा नआई केवल विरोधमा मात्र उत्रिएकाले समस्याको निकास निस्कन नसकेको टिप्पणी गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ